११०९ पटक हेरिएको
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको छ ।
जितका लागी विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर १५. ३ ओभरमा २ विकेट गुमाएर विजयी भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रनमा अलआउट भएको थियो ।