बिराटनगरमा हिन्दु स्वयंसेवक संघले मनायो गुरुदक्षिणा उत्सव

Logo
राम प्रेम यादव प्रकाशित शनिबार, साउन २७, २०८०

९५७  पटक हेरिएको

बिराटनगर । बिराटनगरमा शनिबार हिन्दू स्वयंसेवक संघ नेपाल मोरङको आयोजनामा गुरु दक्षिणा उत्सव मनाईएको छ ।बिराटनगर महानगरपालिका पुर्व रहेको मारवाडी सेवा सदनमा आयोजित उत्सवमा सहभागी हिन्दु स्वयंसेवकहरूले परम पवित्र भगवद्ध्वजको पूजन गरी मनाएका हुन् ।

उत्सवमा सहभागि स्वंयसेवकहरुले गुरुको रूपमा ज्ञान, त्याग, सौर्य जस्ता तत्त्वका प्रतीक रूपमा स्थापित परम् पवित्र भगवाध्वजलाई विधिवत् पूजन गर्दै पवित्र संघकार्यको लागि आफूले सञ्चय गरेको दक्षिणा ‘गुरुदक्षिणा’का रूपमा समर्पण समेत गरे ।

कार्यक्रममा मुलघाट धनकुटाका स्वामी विजयननद सरस्वती जीले गुरुपूर्णिमा पर्वको महत्व, गुरुदक्षिण र भगवा ध्वजलाई गुरुका रूपमा स्थापित गरिनु पछाडिको आवश्यकता र उद्देश्य बारे स्पष्ट पारेका थिए ।

वहाँले आफनो धर्मको सम्मान रक्षाको निम्ती विश्वको हिन्दूहरु संगठित हुनुपर्ने बताए । हिन्दू धर्मले कुनै एक धर्म समुदायको नभइ विश्वका सम्पूर्ण धर्म र मावनताको सम्मान गर्दै आएको  वहाँले बताउनु भयो तर केहि विधर्मीहरुले हिन्दूलाई यसको कमजोरीको रुपमा लिने गरेकोले आफ्नो धर्मको सम्मान र रक्षाको निम्ती सम्पूर्ण हिन्दूहरु एकजुट हुनै पर्ने उनले बताए ।

हिन्दू स्वयंसेवक संघ मोरङ जिल्ला संघ चालक केशव लाल सिंह सुवाल जीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका कोशी प्रदेश प्रमुख प्रचारक मुकेश साह, कोशी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री जयराम यादव, रंगेली नगरपालीकाका प्रमुख दिलिप कुमार अग्रवाल लगायत संघ संग आवद्ध ब्याक्तीहरुका उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!