मनरा सिस्वा नगर प्रमुख मोहन माथी नेता चन्दन दुबेको व्यंग्य

Logo
स्थानिय अवाज प्रकाशित आइतबार, आश्विन २१, २०८०

५७६७  पटक हेरिएको

 जलेशवर । मोहतरी जिल्लाको मनरा सिस्वा नगरपालिका का नगर प्रमुख मोहन पाण्डेय को स्टेटमेंट माथि प्रदेश सभा सदस्य पद का उम्मीदवार समेत रहेका नेता तथा स्थानीय नागरिक चन्दन दुबेले व्यंग्य प्रहार गरेकाछन ।

सामाजिक संजाल फेसबुक मार्फ़त मेयरले दुर्व्यसनमुक्त पालिका बनाउने हवादारी घोषणा गरेको भन्दै दुबेले अलोचना समेत गरेकाछन।
यो भन्दा पहिले पनि मेयरले मदिरामुक्त नगरपालिकाको घोषणा गरेको थियो तर नगरपालिकावासीहरु अझै उग्र मदिरा आतंकको शिकार बन्दै आएको दैनिक हेर्न सकिन्छ। भारतीय सीमा क्षेत्रको जनजीवनमा त स्थिति झन दुखदायी नै रहेको जिकीर दुबे ले गरेकाछन।

अहिले नगरपालिकामा अनेकानेक समस्याहरु उत्पन्न भएको र मनरा सिस्वा नगरपालिकाको स्थानीय सरकारले नागरिकलाई सुशासन र विकास को अनुभूति गराऊन न सकेर हाल नगर प्रमुखले बेमौषमी र जनलुभावन बयानबाजी गरेर जनताको ध्यानांतरण गराऊन खोजेको दुबे ले टिप्पणी गरेकाछन!

नगरप्रमुख मोहन पाण्डेय र नि.प्रमुख प्रशासकीय अधिकृत माधवेंद्र चौधरीले विभिन्न योजनामा व्यापारीहरु संग अग्रिम पि.सी.असूल गर्दैगरेको र लिईसकेपनि धेरैजसो व्यापारी र ठेकेदारहरुको पेमेंटमा बदमाशी गर्दैगरेको चर्चा पालिका को चौकहरुमा व्यापक सुन्न सकिन्छ।

नगरपालिका भित्रको शिक्षा धारासायी भै सकेको छ! अधिकांश विद्यालयहरुमा दरबन्दी अनुसारको विषयगत शिक्षकको आभाव भएपनि पालिका कुम्भकर्ण को निंद्रामा मस्त देखिएको आरोप दुबेले लगाएकाछन।

विगत १६ र १७ गत्ते का दिन मनरा सिस्वा नगरपालिका वार्ड न. ९ मा शिक्षक अभावका कारण ६ महीना देखी पठन पाठन अवरुद्ध भएर आक्रोषित भएका मा वी बथनाहाका छात्रहरुले नगर शिक्षा संयोजक माथि दुर्व्यवहार गर्नुका साथै विद्यालय हड़ताल गर्न बाध्य भएका थिए ।

सबभन्दा महत्वपूर्ण समस्या त प्रमुख प्रशासकीय अधिकृत सरुवा विवाद को कारण उत्पन्न भयो ।

जनताको बिचमा घृणा को पात्र बनिसकेका प्राविधिक समूहका कर्मचारी र ओवरसियर बाट पदोन्नति भएका नि. प्रमुख प्रशासकीय अधिकृत माधवेंद्र चौधरी सरुवा भई सकेपनि उनको ठाऊंमा आएका शाखा अधिकृत रंजीत यादवलाई नेपाली कांग्रेस बाट निर्वाचित मेयर पाण्डेयले हाजिर गराऊन मानी राख्या छैनन् ।

चौधरीको व्यवहारबाट असंतुष्ट भई नेपाली कांग्रेस समेतका सर्वदलिय डेलिगेशन र आम जनताका समूहले पटक पटक नगर प्रमुख संग ज्ञापनपत्र तथा संवाद गरीसकेको छ ।
किन हो कुनी तर सम्पूर्ण जवाफदेहिता बाट गैर जिम्मेवार बन्दै नगर प्रमुख पाण्डेयले नि. प्रशासकीय अधिकृत चौधरीलाई संरक्षण गर्न व्यस्त देखिन्छन् ।

यस सम्पूर्ण घटनाक्रम तथा परिस्थितिहरु को कारण उब्जेको जनाक्रोश तथा आलोचना लाई ध्यानांतरण गर्न को लागि मेयर मोहन पाण्डेयले दुर्व्यसनमुक्त पालिका बनाउने जस्ता जनलुभाउने बयानबाजी गर्दै हिंडेकाछन भने प्रतिक्रिया नेता दुबे ले दिएका छन् ।

नगर प्रमुख मोहन पाण्डेय

नि.प्रमुख प्रशासकीय अधिकृत माधवेंद्र चौधरी

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!