प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर ३०, २०८१

१६००  पटक हेरिएको

मोरङ ।मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालीका-१ सिसौली चोक स्थितबाट बेलबारी-१० का २२ बर्षीय करण मगरलाई प्रतिबन्धित औषधी ट्रामाडोल-५० क्यापसुल र डाईसी-५० ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने मोरङ सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरका २४ बर्षीय अभिषेक बस्नेतलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन १ ग्राम २० मिलिग्राम सहित विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितबाट नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!