बिरामी छोराको उपचारमा सहयोग गर्न खड्का परिवारको अपिल

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, पुष ०३, २०८१

१३४७  पटक हेरिएको

पथरीशनिश्चरे नगरपालिका वडा नं ४ कुशलचोकका ३३ वर्षिय कृष्ण खड्का थला परेको एक साता बढी भयो । यतिबेला उनि कुशलचोक स्थित आफ्नै घरको बरण्डामा पल्टिएका छन् । न बोल्न सक्छन् , न हल्लिन । छेवैमा उनकी श्रीमति मनिषा छिन , मलिन अनुहारमा । उपचार गर्ने खर्च छैन , न त बिक्रि गर्ने चिजवस्तु नै छन् ।

पथरीशनिश्चरे ४ का होमबहादुर खड्का र खड्गमाया खड्काका माईला छोरा कृष्ण खड्का थला परेको झन्डै १० दिन भयो । बिर्तामोडमा मजदुरी गरेर २ छोरा , १ छोरी र श्रीमति मनिषा सहितको सानो परिवारको पालनपोषण गर्दै गरेका कृष्ण अकास्मत बिरामी भएपछि यतिबेला खड्का परिवार विक्षिप्त बनेको छ । कुशलचोकमा घर बाहेक कुनै सम्पत्ति नभएका खड्का परिवारलाई उनको उपचार गर्ने खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताएको छ ।

बिर्तामोडमा थलापरेपछी गत शनिबार उनलाई कुशलचोक ल्याईएको हो । बिर्तामोड स्थित एक अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने बताउँदै अन्यत्र लैजान रेफर गरेको थियो तर उपचार गर्ने खर्च नभएपछि उनलाई परिवारले कुशलचोक ल्याएको हो । कुशलचोक स्थित घरको बरन्डामा उनी यतिबेला ईन्तु न चिन्तुको अवस्थामा छन् । बिरामी हेर्न स्थानीयको भिड लाग्ने गर्दछ तर उपचार खर्च नहुँदा अस्पताल लैजाने स्थिति छैन ।

आफ्नो छोरा बिरामीले थला परेपछि उनका बुवाआमा सहयोगी खोजी रहेका छन् । कृष्णका बुबा होम खड्काले आफ्नो छोराको उपचार गर्न सहयोग गर्न अपिल गरेका छन् । बिरामीको छिमेकी समेत रहेका पथरीशनिश्चरे नगरपालिका वडा नं ८ का पुर्व वडा अध्यक्ष बाबुराम दहालले बिरामीलाई विराटनगरस्थित नोबेल अस्पतालमा निशुल्क उपचारको प्रबन्ध मिलाउन पहल गरिरहेका छन् । उनले यस क्षेत्रका सांसद समेत रहेका नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मालाई सहयोग गर्न आग्रह गरेको बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!