जहदा गाउँपालिका-२ मा रहेको विद्यालयबाट स्मार्ट टिभी चोरी

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, पुष ०८, २०८१

४२६७  पटक हेरिएको

मोरङ । जहदा गाउँपालिका वडा नं. २ स्थित श्री सन्थाल आधारभुत विद्यालयको बाल विकास कक्षाबाट ३२ इन्चको स्मार्ट टिभी चोरी भएको छ। कक्षाकोठाको ताल्चा फोडेर अज्ञात व्यक्तिले स्मार्ट टिभी चोरेको विद्यालय प्रशासनले जनाएको छ।

यस घटनापछि बाल विकास कक्षामा स्मार्ट टिभीबाट पठनपाठन गर्ने कार्य अवरुद्ध भएको छ। कुनै संघसंस्था वा शैक्षिक निकायबाट नयाँ स्मार्ट टिभी उपलब्ध नभएसम्म प्रविधिमार्फत पठनपाठन हुने सम्भावना कम देखिएको छ। बुधनगर प्रहरी चौकीका थाना निरीक्षकले घटनाको अनुसन्धान गरिरहेका छन्। प्रहरीले चोरको खोजी तीव्र पारेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!