विराटनगरमा अग्रवाल जातिको उत्पत्तिबारे अग्रभागवत कथा वाचन हुँदै

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, पुष ०८, २०८१

२९५३  पटक हेरिएको

विराटनगरमा अग्रवाल जातिको उत्पत्तिबारे तीनदिने अग्रभागवत कथा वाचन हुने भएको छ। नेपाल अग्रवाल महिला मञ्च विराटनगरले आयोजना गर्न लागेको यस कार्यक्रममा जातिको उत्पत्तिबारे विस्तृत जानकारी गराइनेछ।

मञ्चले सोमबार आयोजित पत्रकार सम्मेलनमा पुस ११, १२ र १३ गते सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा दैनिक दिउँसो २ बजेदेखि ५ बजेसम्म भागवत कथा वाचन हुने जानकारी दिएको छ। भारतको मुम्बईबाट कथा वाचक उज्जवल जी गर्गलाई निमन्त्रणा गरिएको छ। उनी त्रेतायुगमा श्रीरामको ३५ औं पुस्तादेखि द्वापर युगको अन्त्यसम्म जन्मेका अग्रवाल जातिको उत्पत्तिबारे भागवत कथाका आधारमा व्याख्या गर्नेछन्।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालका अनुसार विराटनगरमा ५ हजारभन्दा बढी अग्रवाल समुदायका मानिस बसोबास गर्छन्। उहाँले यस कार्यक्रममा अन्य मारवाडी समुदायका मानिसहरू पनि सहभागी हुने बताउनुभयो।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले युवा पुस्तालाई जातीय उत्पत्तिबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस कार्यक्रमलाई नेपाल अग्रवाल सभा, युवा मञ्च र कन्या मञ्चले पनि सहयोग गरिरहेको जानकारी दिनुभयो।

यसरी, नेपालमा पहिलो पटक अग्रवाल जातिको उत्पत्तिबारे भागवत कथा वाचन हुन लागेको छ। यस कार्यक्रमले अग्रवाल समुदायको इतिहास र संस्कृतिप्रतिको चासो बढाउने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!