हटखोला बस पार्कको अवस्था दयनीय, चालक सहित यात्रुुलाई सास्ती

Logo
स्थानिय अवाज प्रकाशित सोमबार, आश्विन २२, २०८०

१३१०  पटक हेरिएको

विराटनगर । विराटनगर –८ हाटखोला स्थित रहेको पुर्व बसपार्क लामो समय देखि दयनिय अवस्थामा रहेको छ ।

२०५२ सालमा कटहरी गाँउपालिका निवासी बद्रि कोईरालाको निजि जग्गा भाडामा लिएर संचालन गरिएको यस बस पार्क अव्यवस्थित भएको कारण बस चालक तथा बसमा यात्रा गर्नेहरुलाई निकै कठिनाई खेप्नु परेको छ । पानी परेपछि त्यस स्थानमा पानी जम्ने , हिलो हुने भएकोले गर्दा बस कुदाउन समेत निकै कठिन भएको बस चालकहरु बताउछन् ।

बिगत १० वर्ष देखि बस कुदाउदै आईरहेका सर्वन कुमार कामत बस पार्कको अवस्था देखेर बस कुदाउन निकै कठिन हुने गरेको बताउछन् । उनि भन्छन् ,‘मलाई पानी परेको बेला बस कुदाउन समेत डर लाग्छ , पार्क भित्र धुलोे धेरै हुने कहिले हिलो हुने भएकोले गर्दा बस पल्टिन्छ भन्ने डर लाग्ने गर्छ । ’यसका साथै बाटोको अवस्था पनि निकै खराब भएको कारण अब बस चलाउने कामलाई छाडेर बैदेशिक रोजगारको लागि विदेशीन लागेको उनले बताए ।

त्यसैगरी केरन निवासी बस चालक बासु राम चौधरी भन्छन् ,‘बस पार्क साथै सडकको अवस्था धराप भएकोले गर्दा हामी सबारी चालकलाई निकै गाह्रो ह’ने गरेको छ । त्यस माथी सिटी चालकको बस पार्क वरिपरी भिड भाड धेरै हुने भएकोले गर्दा यात्रीहरुलाई पनी बस चढ्न अफ्ठियारो हुने गरेको छ। ’बस राख्ने स्थानमा पानी परेको बेला त्याहाँ भएका खाल्डाहरुमा पानी जम्ने , हिलो हुने भएकोले गर्दा दुर्घटनाको जोखिम निकै हुने भएको र बसलाई पार्क भित्र राख्न र निकाल्न पनि कठिन हुने गरेको उनले बताए । बस पार्क मात्र नभई पुर्व जाने बाटो समेत धरापमा रहेकोले जोखिम मोलेर बस कुदाउनु पर्ने अवस्था छ ।

बस पार्कलाई लामो समय देखि संचालन गर्दै आईरहेका प्रकाश कार्की भन्छन् , ‘हामीले यस जग्गालाई भाडामा लिएर पुर्वी भेग जाने मासिनहरुलाई सेवा पुर्याउदै आईरहेका छौं तर पानी परेको बेलामा यहाँको पार्क भित्र पानी जम्ने , हिलो हुने भएकोले गर्दा निकै समस्यामा परेको छ । हामीले महानगर संग पटक पटक यस पार्कलाई केहि व्यवस्थित गर्न अनुरोध गर्दा पनि व्यक्तिगत जग्गा भएको कारण यसमा लगानी गर्न नमिलो उनले बताए । उनि भन्छन् , यस बस पार्क भित्र पटक पटक गिटिहालेता पनी पानी जाने नाली नभएको कारण डुवान पर्ने गर्दछ । विराटनगरमाको बिभिन्न स्थानहरुमा र्पािकङ हटाएर प्राइबेट स्थानहरुमा पार्किङ क्षेत्र बनाईएको छ हामीले याहाँ बाट यात्रा गर्ने यात्रीहरुलाई सेवा पुर्याउने काम गर्दै आईरहेका छौं तर केहि साथ सहयोग महानगर संग पाए यसलाई अझै राम्रो ढङ्ले व्यवस्थित हुन सक्ने उनले बताए । यस बस पार्क बाट अहिले ४९ वटा बसहरु आमबारी , अमरदह , कानेपोखरी , भाउन्ने , विराटचोक सम्म गुड्ने गरेका छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!