मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आश्विन २२, २०८०

१४८७६  पटक हेरिएको

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।

सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् ।

बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दर्ताले प्रसाईंलाई कालोमोसो दलेका हुन् ।

सोमबार उक्त होटलमा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!