
१०२२ पटक हेरिएको

पथरी ।मोरङको पथरीशनिश्चरेका खोजकर्ता दिपेन्द्रराज तिमल्सिना ‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान – २०८१’ बाट सम्मानित भएका छन् । लामो समयदेखि खोज , अध्यन र लेखनमा सक्रिय तिमल्सिनालाई बुधबार काठमाडौंको पाटनदरबार क्षेत्रमा सम्मान गरिएको हो ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरि तिमल्सिनालाई दोसल्ला ओढाई अभिनन्दन पत्रले सम्मान गरेको हो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले तिमल्सिनालाई सम्मान गरेका थिए ।
पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीकाे विषयमा गहिरो खोज गरि नेपालमै पहिलोपटक ‘गुमनाम एक इतिहास-बिसे नगर्ची’ पुस्तक प्रकाशन गरि गाैरवमय इतिहासको खाेज एवम् लेखन गरेकाले राष्ट्रिय धराेहर बिसे नगर्ची स्मृति सम्मानद्वारा सम्मान गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
“यहाँले इतिहासको पानामा मात्र सिमित नेपाल एकिकरणका मुर्धन्य व्यक्तित्व पृथ्वीनारायण शाहलाई उचित समयमा उचित सल्लाह दिई राज्य एकिकरणका सुपात्र बिसे नगर्चीकाे विषयमा एक्लो प्रयासबाट गहिरो अध्ययन गरि दुई संस्करण ‘गुमनाम एक इतिहास-बिसे नगर्ची’ पुस्तक मार्फत इतिहासलाई पुर्न जागृत मात्र गर्नु भएन , बरु नेपालका सिल्पि समुदायको राष्ट्र निर्माणको याेगदानलाई विश्व जगतमा उजागर गराउने सत्कर्म गर्नु भयो ।” अभिनन्दनपत्रमा उल्लेख छ ।
कार्यक्रममा सम्मानित भएपछि बोल्दै खोजकर्ता तिमल्सिनाले यो सम्मानले खोज र लेखनकार्यमा जुटिरहन अझै उत्साहित भएको उल्लेख गर्दै बिसे नगर्ची जस्तै ईतिहास लुकाईएका शिल्पी समुदायका अन्य पात्रहरुको खोजी गर्ने बताए ।