सुन जस्तो देखिने धातु सहित पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, पुष २३, २०८१

१०८४  पटक हेरिएको

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!