
१७५६ पटक हेरिएको

मोरङ।चर्चित गित ‘काफल गेडि कुटुक्कै’ का गायक महेश बुढाथोकीले मकर संक्रान्तीको अवसरमा हुर्रा गित ‘रामसाईली’ सार्वजनिक गर्ने भएका छन् ।संयुक्त राज्य अमेरिका बस्दै आएका गायक बुढाथोकीले यसपटकको नेपाल बसाइँमा ‘हुर्रा’ गित गाएका हुन । उनी अहिले यो गितको म्युजिक भिडियो निर्माणको तयारीमा जुटेका छन् ।
यस गितको म्युजिक भिडियोमा बुढाथोकीले निर्देशकको रूपमा पत्रकार ईश्वर दुलाललाई डेब्यु गराएका छन् । दर्जनभन्दा बढी म्युजिक भिडियोमा सहायक निर्देशकको रूपमा अनुभव बटुलेका दुलालले यस गीतमा आफ्नो निर्देशन कौशल प्रस्तुत गर्ने भएका छन् ।
भिडियो निर्माणको तयारीमा जुटेका दुलाल भन्छन् “यो मेरो पहिलो निर्देशन हो र म यसलाई विशेष बनाउन प्रयास गरिरहेको छु ।” ‘रामसाईली केवल गीत मात्र होइन , यो हाम्रो संस्कृतिलाई प्रस्तुत गर्ने गतिलो माध्यम पनि हो ।’ दुलालले भने । म्युजिक भिडियोलाई साँस्कृतिक , मौलिक र आधुनिक प्रस्तुतिको सन्तुलन बनाउन प्रयास गरिएको नव निर्देशक दुलालको भनाई छ ।
दुलालका अनुसार म्युजिक भिडियोमा मगर समुदायका मौलिक चाल , भेषभूषा र परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । ‘रामसाईली’ सँगै निर्देशक दुलालको करियरले नयाँ मोड लिने अपेक्षा समेत गरिएको छ । सो गीतको कथा निर्देशक दुलाललेनै तयार पारेका हुन् । उनि नेपाल पत्रकार महासंघ मोरङको नवनिर्वाचित सदस्य समेत हुन ।पौष २५ गतेदेखि मोरङको बाँसेचौरी र आसपासको क्षेत्रमा छ्याङ्कन गरिने म्युजिक भिडियोलाई कोशी भिजनले छ्याङ्कन तथा सम्पादन गर्ने छ ।