विश्व नेपालीको स्वरमा गीतकार नूतनको ‘कैदी बनाउ मलाई’ गीत सार्वजनिक (भिडियो सहित)

Logo
स्थानिय अवाज प्रकाशित बिहिबार, आश्विन २५, २०८०

२८७१  पटक हेरिएको

काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ‘नूतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो ।

‘कैदी बनाउ’ ‘गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।
ईजरायलको सेरोफेरोमा सन्तोष माबोले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।

गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नु भएको छ ।

<iframe width=”100%” height=”560″ src=”https://www.youtube.com/embed/P5qtjN5WOJk” title=”Kaidi.Bishwa Nepali. Prakash Shrestha ,Bishnu Kattel.Nutan Bhusal” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

कमेन्ट गर्नुहोस्
error: Content is protected !!