बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, पुष २८, २०८१

१७०४  पटक हेरिएको

विराटनगर।विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो ।

विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खेलकुद प्रतियोगितालगायतका विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको पराजुलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!