दुबई क्रूजमा कोच राजबंशी समाज यूएईद्वारा ‘भाका दिवस’ सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०१, २०८१

२४३९  पटक हेरिएको

दुबई।कोच राजबंशी समाज यूएईले १२ जनवरी २०२५ मा दुबईको क्रूज शिपमा ‘भाका दिवस’ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा कोच राजबंशी समुदायको परम्परागत भाका, परिकार र संस्कृति प्रस्तुत गरिएको थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलनमार्फत भएको थियो। उद्घाटनको जिम्मेवारी समाजका अध्यक्ष भारत राजबंंशी र प्रमुख अतिथि विकास साहीले लिएका थिए। सांस्कृतिक कार्यक्रममा विभिन्न परम्परागत नृत्य, गीत तथा अन्य प्रस्तुतिहरू समावेश गरिएका थिए। कोच राजबंशी समुदायको सांस्कृतिक पहिचान र एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

एनआरएनए यूएईका सचिव समभु वाइबा प्रमुख अतिथि रहेका कार्यक्रमलाई लक्ष्मण खनाल (नेपाल जनप्रगतिशील मंच यूएईका अध्यक्ष), बाबुराम बिस्वकर्मा (जनप्रगतिशील मंच एसियाका कोषाध्यक्ष), दिलिरम तामांग (तामांग समाज यूएईका प्रतिनिधि), र बेद प्रसाद अर्याल (नेपाल समाज यूएईका अध्यक्ष) लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विदेशमा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने यस प्रकारका कार्यक्रमहरूको महत्व औंल्याएका छन्। आयोजकले आगामी दिनमा यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!