विराटनगरमा लागुऔषधसहित एक व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, माघ ०४, २०८१

११९४  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट प्रहरीले बिहीबार एक व्यक्तिलाई अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–४ रामपुर बस्ने ४० वर्षीय सुरज खड्का रहेका छन्। प्रहरीका अनुसार खड्कालाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा १ ग्राम ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!