गृहजिल्लामै कुटिए कोशीका पूर्वमुख्यमन्त्री थापा, कांग्रेसद्वारा घोर निन्दा

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, माघ ०६, २०८१

१३१४  पटक हेरिएको

नेपाली कांग्रेसका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि शनिबार झापामा कुटपिट भएको छ। नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा पूर्व मुख्यमन्त्री समेत रहेका थापामाथि केही व्यक्तिले आक्रमण गरेका हुन्।

विद्युत प्राधिकरणको गाडीको चालकसँग विवाद हुँदा एक्कासी आफूमाथि आक्रमण भएको थापाको दाबी छ। यस घटनाको नेपाली कांग्रेसले घोर निन्दा गरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानविन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!