दशैँ गीत लिएर आयो विराटनगरका गायक कुन्जविहारी सारडा

Logo
स्थानिय अवाज प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

२४६६  पटक हेरिएको

विराटनगर । विराटनगरका गायक कुन्जविहारी सारडाको दशैँ गीतको भिडियो सार्बजनिक भएको छ । उनले लेखेको दशैँको गीत कुन्ज क्रिएसन युट्युव च्यानलबाट सार्बजनिक भएको हो ।

गीतमा विमला गहतराज पासवानले स्वर दिएकी छिन् । दिपिका सोनी बोहराको अभिनय रहेको दशैँको भजन गीतको छयांकन प्रतिक श्रेष्ठले गरेका छन् । गीतमा शंकर महेश्वरीको संगीत रहेको छ ।

गीतको रेकर्डीङ स्टार स्टुडीयमा गरिएको सारडाले जानकारी दिए । यस गीतमा हेरिटेज इन्टरनेशनल स्कुल विराटनगरका विद्यार्थीहरुको प्रति प्रस्तुती रहेको छ ।

सारडाले उद्योगी अरुण राठी, विमला गहतराज पासवान, दिपिका सोनी बोहरा, गिरीराज अटल, साजन सिंह, पियुस शर्मा, श्यामकृष्ण बास्कोटा, शिवरतन जोशी र हरुण रसिदलाई धन्यवाद ज्ञापन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!