जहदा गाउँपालिकाले हनुमान मन्दिरलाई रु. २ लाख १० हजार बराबरको सांगीतिक उपकरण प्रदान

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, माघ ०६, २०८१

३२९४  पटक हेरिएको

मोरङ।जहदा गाउँपालिकाले स्थानीय हनुमान मन्दिरलाई भजन-कीर्तनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका संगीत उपकरणहरू प्रदान गरेको छ। गाउँपालिकाले मन्दिरलाई रु. २ लाख १० हजार बराबरको उपकरणहरू उपलब्ध गराएको हो।

गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहले एक औपचारिक कार्यक्रमबीच मन्दिर समितिलाई यी सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनले मन्दिरमा हुने पूजा-आजा तथा भजन-कीर्तनका लागि यी सामग्रीहरू प्रदान गरिएको बताउनुभयो। उहाँले स्थानीयवासीहरूलाई गाउँपालिकाको समृद्धि र विकासका लागि प्रार्थना गर्न पनि आग्रह गर्नुभयो।

गाउँपालिकाले मन्दिरलाई प्रदान गरेका सामग्रीहरूमा होर्न एम्प्लिफायर १ सेट, माइक ५ थान, मादल १ थान, हार्मोनियम १ थान, झ्याली ४ सेट, खन्जरी २ जोडी र साउन्ड सिस्टम १ सेट रहेका छन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाह, प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्तालगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!