आर्थिक अभावले मुटु रोगि मोचीको उपचार हुन् सकेन

Logo
रबिन्द्र बराल प्रकाशित शनिबार, साउन २७, २०८०

४३६०  पटक हेरिएको

रंगेली। माेरङकाे रंगेली नगरपालिका ५ आमगाछी स्थित रावन चाेक नजिकै बर्षाे देखि बसाेवास गर्दे आईरहेका बिष्णु माेची का १२ बर्षका छाेरा रुपेश माेचीलाई आर्थिक अभाव कारणले गर्दे उनको उपचार हुन सकेको छैन ।

बिगत ४ बर्षदेखी उनकाे मुटुमा समस्या आएपछि आमा लासाे माेची ले १२ बर्ष छाेराकाे सामान्य उपचार गराएता पनि आर्थिक अभावका कारण ले राम्रो अस्पतालमा लगेर उपचार सकेको छैन ।

४ धुर ऐलानी जग्गामा बसाेवास गर्दे आईरहेका ५ परिवार अहिले आफ्नो कान्छाे छाेराकाे उपचारका लागि छट्पटी रहेका छन् । रुपेशका बुबा बिष्णु माेची बिगत ४ बर्ष देखि भारतकाे केरलामा राेजगारीका लागि गएका छन् । उनकाे कमाईले घरमा रहेका दुई छाेरा र दुई छाेरी सहित ५ परिवारलाई पालनपोषण गर्ने मात्रै पुग्ने र उनको श्रीमती समेत गाउँघरमा जन मजदुरी गरेर आफ्नो परिवार लाई दुख :सुख गरेर पालनपोषण गरिरहेकाे तर आफ्नो कान्छाे छाेरा लाई उपचारका लागि उनले माेरङका विभिन्न अस्पतालहरु मा उपचार गराएता पनि त्यहीँबाट डाक्टरकाे सल्लाह अनुसार राम्रो अस्पताल लैजान सुझाव दिएता पनि आर्थिक अभावका कारण ले गर्दे घरमै राख्न बाध्य रहेका छन् ।

उनको मुटुको समस्या भएको कारणले गर्दे शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौ र कान्ति बाल अस्पताल महाराजगञ्ज, काठमाडौंमा लगेर थप उपचार गर्नु पर्ने भएका कारण उनी हरुकाे आर्थिक अवस्था नाजुकले गर्दे उपचार मा सहयोग गर्ने सबै लाई अनुरोध समेत गरिरहेका छन । मुक्ति नाथ बैंक मा लासाे देवी माेची काे नाम मा रहेको खाता नम्बर 14122300804715000001 सहयोग गर्ने समेत अपिल गरेकी छन ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!