युवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १२, २०८१

२५१६  पटक हेरिएको

बारा। युवा जनमत संघ बाराको नयाँ संयोजकमा रनबहादुर गुप्ता चयन भएका छन् । आज आयोजित एक विशेष कार्यक्रममा गुप्तालाई पदस्थापना गर्दै स्वागत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि युवा नेता विधाचल प्रसाद यादव, विशिष्ट अतिथि युवा जनमत संघ जिल्ला उपाध्यक्ष बरिष्ठ अनुठा यादव, सजय सहनी, युवा नेता जियालाल पटेल, कलैया नगर उपाध्यक्ष अरुण साह, सूचना तथा सञ्चार प्रमुख ईनरजित प्रसाद यादवलगायत ६० जनाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि यादवले युवाहरूको साथमा आफूहरू सधैँ रहेको बताउँदै पार्टी जिल्ला इन्चार्ज शिवनाथ पटेललाई युवाहरूको साथ चाहिन्छ भन्ने कुरा बताए । उनले युवाहरूले आफ्नो हकहितका लागि लड्नुपर्नेमा जोड दिए ।

जिल्ला उपाध्यक्ष सहनीले युवाहरूलाई कुनै पनि समस्या परेमा बिना घुस काम गराउने आश्वासन दिए । नवनियुक्त संयोजक गुप्ताले युवाहरूको आकांक्षा र विश्वासलाई कदर गर्दै सबैको साथी बनेर काम गर्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!