क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १२, २०८१

१३४२  पटक हेरिएको

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!