न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ १५, २०८१

१४७८  पटक हेरिएको

बिराटनगर । न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफ फिजिसियन एन्ड सर्जन्स (fcps) कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको (fcps) कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीन कुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेका छन ।
स्वागत कार्यक्रममा बोल्दै “यो नयाँ पहल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा मापदण्डहरू सुधार गर्दे उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको हिस्सा हो ।(fcps) कार्यक्रमले विभिन्न चिकित्सकीय विधाहरुमा बिशेष प्रशिक्षण र व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्दछ, जसले गर्दा चिकित्सकहरुलाई बिरामीहरुको हेरचाह र उपचार प्रदान गर्न चाहिने नवीनतम ज्ञान र सीपहरूको साथ तयार गर्दछ ।” डा. कर्णले बताएका छन ।

त्यसैगरि डा. बिष्टले, “यो कार्यक्रम हाम्रो अस्पतालको यात्रामा एक महत्वपूर्ण कोशेढुंगा हो भन्दै २४ बर्ष देखि स्वास्थोपचारमा संलग्न हाम्रो अनुभव आउने पिढीका चिकित्सकहरुको लागी राम्रो मार्गदर्शन हुने बताएका छन ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रम अन्तर्गत स्टाफ नर्स तथा एच.ए. (ha) को पढाइ विगत १४ बर्ष देखि सन्चालनमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!