अवैध लागूऔषध सहित एक व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, माघ १६, २०८१

१२९४  पटक हेरिएको

मोरङ।सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोकबाट प्रहरीले अवैध लागूऔषध सहित एक व्यक्ति पक्राउ गरेको छ।पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३२ वर्षीय यादव विक रहेका छन्। विकसँगबाट प्रहरीले ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट बरामद गरेको छ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले विकलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!