गायक महेश बुढाथोकीको ‘राम साँईली’ सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १९, २०८१

५२५५  पटक हेरिएको

मोरङ । पुर्वका मनोरम दृश्यहरुमा छ्याङ्कन गरिएको गायक महेश बुढाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ । गायक बुढाथोकी र बबिना भट्टराईको युगल आवाज रहेको गितको म्युजिक भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत माघ १८ गते शुक्रबार सार्वजनिक हुने भएको हो । नव निर्देशक ईश्वर दुलालको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो फाल्गुन अन्तिममा छ्याङ्कन गरिएको थियो ।

एक समय ‘काफलगेडी कुटुक्कै’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा आगो बालेका बुढाथोकीका ‘होस गर है सोल्टिनी’, ‘हलो अड्काउँदै’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूकाबीच उनले हुर्रा भाकामा ‘राम साँईली’ ल्याएका हुन । जसको शब्द र भाका संकलन स्वयं बुढाथोकीले गरेका भने भने संगीत अशोक राईले भरेका छन् ।

यस गीतको भिडियोमार्फत गायक बुढाथोकीले ईश्वर दुलाललाई निर्देशकको रूपमा डेब्यु गराएका छन् । निर्देशनको अनुभव बारे बोल्दै दुलाल भन्छन् – “यसअघि दुई दर्जनभन्दा बढी म्युजिक भिडियो तथा नेपाली कथानक टेलिसिरियलहरूमा निर्देशन गरिसकेको छु । ‘राम साँईली’ निर्देशन गर्न पाउँदा उत्साहित छु । यो गीत मौलिक सांस्कृतिक भाकामा आधारित भएकाले दर्शकलाई मनपर्नेमा ढुक्क छु ।”

भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।

सुमन तामाङले खिचेको म्युजिक भिडियोमा अशोक मण्डलले श्रृङ्गार , हेमन्त तामाङले सम्पादन र पूजा तामाङको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!