रंगेलीमा हात्तीपाइले रोगको उपचार केन्द्र स्थापना

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १९, २०८१

१२०२  पटक हेरिएको

रंगेली।उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा रंगेली अस्पतालमा एक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रमको मूल नारा “उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” रहेको थियो।

रंगेली अस्पतालमा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष महानन्द मण्डल, अस्पतालका मेसु वसन्त कुमार साह, अस्पताल समितिका सदस्य पुरुषोत्तम काफ्ले, स्वास्थ्य कार्यालय मोरङका राम कुमार लामा, फेयर मेड नेपालका मनिष सुवेदी, शोभा गुरुङ, करुणा फाउन्डेसनका अंकित पाठक, सहारा नेपालका प्रतिनिधि सौरभ बगाले, नरेश सिङ लगायतको सहभागिता रहेको थियो।

रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथन गाउँपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका लगायत मोरङ भरिका हात्तीपाइले प्रभावित अपाङ्गता रोकथाम तथा हेरचाह केन्द्रको स्थापना रंगेली अस्पतालमा भएको छ। मोरङ भरिको उत्कृष्ट रंगेली अस्पताल रहेकाले स्वास्थ्य सेवा विभागले मोरङ जिल्लाबाट रंगेली अस्पताललाई छनोट गरेर केन्द्र स्थापना गरेको हो।

हात्तीपाइले रोगका लागि रंगेली अस्पतालमा विशेष डाक्टर र परामर्शदातासहित प्रत्येक साताको सोमबार र बिहीबार दुई दिन सेवा दिने कार्यक्रम रहेको अपाङ्ग रोगथाम तथा हेरचाह केन्द्रका फोकल स्वास्थ्यकर्मी शेखर राजवंशीले जानकारी दिएका छन्। बिरामीहरूले यसरी परामर्श केन्द्र रंगेलीमा राखिएकोमा आफूहरूलाई सहज र सरल भएको र आगामी दिनहरूमा आफूहरूको सबै उपचार निःशुल्क गर्ने समेत सहभागी अतिथिहरूलाई आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!