प्रेमकथामा आधाररिता चलचित्र ‘सुम्निमा’ बन्ने

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, माघ २३, २०८१

३४६३  पटक हेरिएको

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल ‘सुम्निमा’ राखिएको छ ।

नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ ।

चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!