बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

२१८१  पटक हेरिएको

काठमाडौं।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बैतडी पाटन नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय बिनोद पन्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!