६७९९ पटक हेरिएको
घाना। गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित भएको छ ।
मानवीय पुरस्कार ग्लोबल-घानाले परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको हो जसले समाजमा सकारात्मक प्रभाव पारेको छ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय पाठ्यक्रमलाई प्रभाव पार्न र च्याम्पियन बनाउन सक्रिय समर्पित दूतावासहरू र असाधारण व्यक्तिहरूलाई मानार्थ पुरस्कार प्रदान गरी अझौं कार्य गर्नका लागि उर्जा प्रदान गर्न गर्छ ।
सोमनाथ घिमीरेको नेतृत्वमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले बिषेश गरी कोरोना कालमा निस्स्वार्थ रुपमा काम गरी समाजिक तथा मानव हितमा काम गरेकोले “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित गर्न पाउँदा हामीलाई गर्व लागे मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले बताए। तपाई सहित यस फाउण्डेशनले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय गर्दछौं र यसलाई निरन्तरता दिनको लागि कामना गर्दछां भनी डन्क्वाहले कामना गरे । हाम्रो यस अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिनु भएकोमा हामी आभारी छौ र तपाईलाई घानामा स्वागत र सम्मान गर्न पाउॅंदा निकै हर्षित भएका छौं।
मानवीय पुरस्कार ग्लोबल-घानाले प्रतेक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार प्रदान गर्दै आएको छ। यस बर्ष २०२३ मा विश्वभरि बाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको थियो।
यता सम्मान पछि घानामा संचारकर्मीहरु सॅंग कुराकानी गर्दै सोमनाथ घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको छ । मेरो जीवनकालको उपलब्धि, ूरूपान्तरण नेतृत्व पुरस्कारू प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुनेछ र यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको बताए ।
उनले अब छिट्टै घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्ने बारे ति देशका सम्मानित व्यक्तीहरु सॅंग बिषेश छलफल गरेको जानकारी गराए।
गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई महामहिम महेर खीर-घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार”ले सम्मान गर्नु भएको थियो भने अध्यक्ष घिमीरे २०२३को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन र स्मरण रहोस सोमनाथ घिमीरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन।