अर्किड र ग्रिनपिसको विजयी सुरुवात, क्वाटरफाइनलमा प्रवेश

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

२०६७  पटक हेरिएको

विराटनगर।जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले ४० रन बनाउँदा प्रेम कामतले ३६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट लिए ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औं ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । विनायकका प्रनेश गुरुङले सर्वाधिक २१ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले ४ विकेट लिए ।

दोस्रो खेलमा ग्रिनपिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो । ग्रिनपिसकालागि मुर्सिद आलमले सर्वाधिक ४० रनको योगदान दिए । सत्यनारायणका शत्रुधन चौधरीले २ विकेट लिए ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । सत्यनारायणका साइमन कामतले सर्वाधिक २० रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मिराज शेख र सद्धाम आलमले ३–३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!