
१२३० पटक हेरिएको

रंगेली। झापाको गौरिगञ्ज गाउँपालिका–५ तिलाची टोलकी सकुन्तला ऋषिदेवले लुथरन कल्याण सेवा समाजबाट प्राप्त आर्थिक सहयोगको माध्यमबाट आफ्नो परिवारलाई आत्मनिर्भर बनाउन सफल भएकी छन्।
बिगत तीन वर्षअघि लुथरन कल्याण सेवा समाजले उनलाई सानाे व्यवसाय सञ्चालन गर्नका लागि २५ हजार रुपैयाँ सहयोग गरेको थियो। सुरुमा अन्यको घरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सकुन्तलाले सो सहयोगबाट व्यवसाय थालेपछि अहिले आफ्नै तरकारीखेतीमार्फत परिवार चलाइरहेकी छन्।
उनले सुरुमा ऐलानी जग्गामा बस्दै आएकी थिइन्, तर अहिले चार कठ्ठा जग्गा खरिद गरेर त्यहाँ सिजनअनुसार सागसब्जी उत्पादन गरिरहेकी छन्। ती तरकारीहरू उनले गाउँ तथा गौरिगञ्ज बजारमा लाग्ने हाटबजारमा बिक्री गर्दै आएकी छन्।
लुथरन कल्याण सेवा समाजले गरिब तथा अतिविपन्न परिवारका लागि अन्य सामाजिक सेवासमेत प्रदान गर्दै आएको छ। यस संस्थाले बालबालिकालाई विद्यालयसम्म पु¥याउने, ट्युसनको व्यवस्था मिलाउने तथा नागरिकता, जन्मदर्ता, विवाह दर्ताजस्ता कानुनी प्रक्रिया पूरा गर्न आवश्यक सहयोग प्रदान गर्ने कार्य गर्दै आएको लुथरनका झापा प्रतिनिधि गणेश ऋषिदेवले जानकारी दिए।