जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

Logo
स्थानिय अवाज प्रकाशित सोमबार, कार्तिक १३, २०८०

८७६  पटक हेरिएको

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा आज दिउँसो साढे २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ। समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो।

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार कार्यकारिणी समितिको बैठकमा संगठन सदृढीकरण अभिायनको बारेमा बैठकमा छलफल हुने भएको छ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!