हुलाकी सडकको कन्काई पुल १३ वर्षदेखि अलपत्र, स्थानीयको सास्ती

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

७८७  पटक हेरिएको

नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ निर्माण थालेको भएता पनि झापाको माई खोलाको पुल भने अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन। हुलाकी सडकको अधिकांश भागमा कालोपत्रे भइसकेको छ, तर गौरीगञ्जदेखि चन्द्रगढीसम्मको भागमा रहेको कन्काई पुल १३ वर्षदेखि अधुरै छ। पुलको काम १३ वर्षदेखि अलपत्र छाडेर ठेकेदारहरू भागेपछि स्थानीयहरू वर्षौंदेखि खोलामा जोखिमपूर्ण तरिकाले खोला तरेर आवतजावत गर्न बाध्य छन्।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई माई नदीको पुलको काम ५० प्रतिशत मात्र पूरा भएको छ। सरकारले कडाइ गर्न नसक्दा र निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले गर्दा बारम्बार म्याद थप भइसकेता पनि हालसम्म निर्माणकार्य सम्पन्न नहुँदा नेपाल सरकारले पाँचपटक म्याद थप गरेको भएता पनि हालसम्म केही काम अगाडि बढ्न सकेको छैन।

७ सय मिटर लामो पुल निर्माणकार्य सुरु २०६८ जेठ ३१ मा पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीलाई ठेक्का दिएको र उक्त काम २०७२ जेठ २९ गतेसम्म बनाउन जिम्मा लगाएको थियो। पुल निर्माणकार्यका लागि ३४ करोड नौ लाख रुपैयाँमा सम्झौतासमेत भएको थियो। अहिले उक्त पुल निर्माण कार्य सम्पन्न नहुँदा खोलामा अहिले बाँसको पुलबाट सर्वसाधारणले मोटरसाइकलसहित यात्रा गर्दा दैनिक १०० रुपैयाँ तिर्नुपर्ने र साइकलबाट यात्रा गर्ने यात्रुले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यतासमेत रहेको छ। स्थानीयका अनुसार सरकारको कमजोरीका कारण वर्षौंदेखि स्थानीयहरूले समस्या भोग्नुपर्ने बाध्यता रहेकोसमेत बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!