नेपाल उद्योग तथा व्यवसायी महासंघको पहिलो अधिवेशन विराटनगरमा हुदै

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, फाल्गुण १३, २०८१

२६९१  पटक हेरिएको

विराटनगर । नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको पहिलो अधिवेशन सोमबार विराटनगरमा हुने भएको छ । विराटनगरस्थित होटल मनास्लुमा अधिवेशनको आयोजना गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेश इन्चार्ज अरुण कुमार राठीको पहलमा अधिवेशन भव्यरुपमा आयोजना गर्न लागिएको हो । अधिवेशनको तयारीका लागि आज पूर्व भेला आयोजना गरिएको छ ।

भेलामा नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष सुमन नेम्वाङ, उपाध्यक्ष माधवराज थापा, सचिव उमेश विराटनगरबाट खेम नेपाल, चेतन निरौला, चन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनका प्रमुख अतिथि नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भगिरथी सापकोटा, विशेष अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, नेकपा (एमाले) कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोहन डाँगी लगायतले सम्बोधन गर्नेछन् । अधिवेशनमा ३ सय बढीको सहभागिता रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!