ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

२८५९  पटक हेरिएको

काठमाडौं।ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!