मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण विजयी लक्ष्य

Logo
स्थानिय अवाज प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

५००३  पटक हेरिएको

आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले १६६ रनको विजयी लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोड्न सफल भयो ।

मलेसियाका लागि शैयद अजिजले ४९ बलमा ६८ रन बनाए । खतरनाक देखिँदै ६८ रन बनाएका अजिजको विकेट गुल्सन झाले लिए ।

जुवैदी जुल्फिकीले २४ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले ४, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १-१ विकेट लिए ।

सन्दीपले वीरनदीप सिंहलाई ४ रनमा एलबिडब्ल्यू धरापमा पारेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!