दलित महिला संघ फेडोद्वारा विराटनगरमा ६ दिने उद्यमशीलता विकास तालिम सञ्चालन

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

१७५५  पटक हेरिएको

विराटनगर।दलित महिला संघ (फेडो) ले विराटनगरमा व्यवसायिक उत्प्रेरणा र विकासका लागि ६ दिने उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ। तालिममा ४० जना महिला सहभागी छन् भने प्रशिक्षकको रूपमा सुनिता छाराहाङ्गले प्रशिक्षण प्रदान गरिरहेकी छिन्।

तालिमको उद्देश्य पिछडिएका महिला वर्गलाई आर्थिक सशक्तिकरण, मानव अधिकार र सामाजिक न्याय, नेतृत्व विकास, सामाजिक समावेशीकरण तथा लैंगिक उत्तरदायी मानवीय सहायता जस्ता महत्वपूर्ण पक्षमा सशक्त बनाउनु हो। साथै, व्यवसाय गर्ने सोच भएका सम्भाव्य उद्यमीहरूलाई आवश्यक व्यवसायिक ज्ञान, सीप तथा व्यक्तिगत सक्षमताको विकास गराउने लक्ष्य राखिएको छ।

समूहमा आबद्ध लघु उद्यम व्यवसाय गरिरहेका महिला उद्यमीहरूलाई व्यवसाय विस्तारका लागि व्यवसाय प्रवर्द्धन, बजार पहुँच र व्यावसायिक योजना निर्माणमा दक्ष बनाउने यो तालिमको उद्देश्य हो। तालिमपछि सहभागी महिलाहरूले व्यवसायिक योजना तयार गरी आफ्नो व्यवसाय सञ्चालनमा अझै प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!