राप्रपाद्वारा महानगरलाई एक लाख जरिवाना बुझाइयो

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

१३८६  पटक हेरिएको

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । महानगरपालिकाले पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाउँदै जरिवाना गरेको थियो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला, सडकपेटी, आइल्याण्ड र त्यहाँका बिरुवा र रेलिङमा भौतिक क्षति पुर्‍याएको र जथाभावी फोहोर फैलाएको बताएको थियो । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले महानगरको निर्णय स्वीकार गर्दै एक लाख रुपैयाँ खातामा दाखिला गरिएको जानकारी गराएका छन् ।

‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ,’ उनले भने ।

महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरेको जनाएको छ । राप्रपाले महानगरपालिकाको निर्णयलाई स्वीकार गर्दै जरिवाना बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!