बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

१६२७  पटक हेरिएको

काठमाडौं।बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली  दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!