तिहार गीत ‘झिलीमिली’ सार्वजनिक

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, कार्तिक १५, २०८०

६१३  पटक हेरिएको

काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। ‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!