१९७९ पटक हेरिएको
विराटनगर । कोशी अञ्चल ईटा उद्योग व्यवसायी संघले कर्जा किस्ता र व्याज बुझाउने अवधि बृद्धि सम्बन्धमा जिल्ल प्रशासन कार्यलय मोरङमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भौतिक संरचना निमार्णको लागि आवश्यक सामाग्री मध्ये ईटा प्रमुख वस्तु भएको तर कोभिड संक्रमणको समय देखि ईटा उद्योगमा संचालनको अवस्था निकै दयनिय रहेकोले ईटा उद्योगहरु बन्द हुदै गईरहेको देखिएको छ ।
जिल्ला भरमा रहेको ३० प्रतिशत मात्र ईटा उद्योगहरु संचालनमा आएतापनि २० देखि २५ प्रतिशतमात्र ईटा उत्पादन भएकोले उद्योग बन्द गर्नु पर्ने अवस्था रहेको उद्योग व्यवसायी संघका महासचिव संतोष भगतले जानकारी दिए । यसका साथै काचो ईटा नष्ट हुने भएकोले लगानी डुब्ने अवस्था रहेको र साथै कामदारहरुलाई तलब दिन समेत समस्या पर्ने भएको भगतले बताए ।
ईटा पकाउनको लागि प्रयोग गरिने कोईलाको मुल्य समेत बृद्धि भएको र कोईला खरिद गर्दा अग्रीम रकम पठाउनु पर्ने भएकोले आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तिय संकटलाई सम्बोधनको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्रद्धारा पहल गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लगानी , पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधरणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असरले भौतिक संरचना निमार्ण गति हुन गै निमार्ण सामाग्रीहरुको माग न्युन अवस्थामा रहेकोले विगत २÷३ वर्ष अगाडीबाटउत्पादित ईटा समेत विक्री वितरण हुन नसकेकोले लिएको कर्जाहरु तोकिएको भाखामा बुझाउन नसकेको कारण ज्ञापन बुझाइएको हो ।