बुढिगंगा गाउँपालिकाद्वारा ९७५ सुत्केरी आमालाई बेबी किट र पोषण सामग्री वितरण

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र ०७, २०८१

२४३३  पटक हेरिएको

बिराटनगर । सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले बुढिगंगा गाउँपालिकाले गाउँपालिका भरिका ९७५ सुत्केरी आमालाई बेबी किट, न्यानो कपडा तथा एक केजी घिउ वितरण गरेको छ। मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुत्केरी आमाका लागि आवश्यक पोषण सामग्री प्रदान गर्ने योजनाअन्तर्गत गाउँपालिका यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापामगरले नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताए। उनले भने, “आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजान्छौं।”

गाउँपालिकाले हाल सुत्केरी महिलालाई पोषणयुक्त खाना, पर्याप्त आराम र स्वास्थ्य सेवा सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्थानीयबासी तथा लाभान्वित आमाहरूले यो अभियानलाई स्वागत गर्दै अझ विस्तारित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

गाउँपालिकाले सुरक्षित प्रसूति सेवा, नवजात शिशु स्याहार, निशुल्क एम्बुलेन्स सेवा, पोषणयुक्त खाद्यान्न वितरण, आइरन चक्की वितरण, सुत्केरी आमालाई झुल र स्वच्छ खानेपानीका लागि फिल्टर वितरण जस्ता सेवाहरू निरन्तर प्रदान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!