बुढीगंगामा डा. कोइरालाको पहलमा सामुदायिक अर्गानिक तरकारी खेती सुरु

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, चैत्र ०९, २०८१

२९७५  पटक हेरिएको

बुढीगंगा। मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको पहलमा गरिब, विपन्न, दलित तथा मुसहर समुदायलाई परिचालन गरी सामुदायिक अर्गानिक तरकारी खेती सञ्चालन गरिएको छ।

बुढीगंगा गाउँपालिका–२, मुस्लिम टोलमा मध्य मोरङ डिप ट्युबवेल सिंचाई उपयोजना अन्तर्गत सुरु गरिएको यस परियोजनाले स्थानीय किसानहरूको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै सामाजिक-आर्थिक उत्थानमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरका अनुसार यस्तो खाले परियोजनाले क्षेत्रका किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउने मात्रै नभई कृषि क्षेत्रमा नवीनतम् अभ्यासको थालनीसमेत गर्नेछ।परियोजनाको प्रभावकारिता बढाउनका लागि किसानहरूलाई आवश्यक तालिम, प्रविधि तथा बजार प्रवर्द्धनमा समेत ध्यान दिइने स्थानीय तहले जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!