अनलाइन जुवा खेलाउने ११ भारतीय नागरिक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, चैत्र १४, २०८१

२१०८  पटक हेरिएको

काठमाडौं।बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलमा अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणासहित ११ जना रहेका छन्। उनीहरूले बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने कार्य गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरीले उनीहरूको साथबाट ३४ थान मोबाइल, ५ थान ल्यापटप, १४ थान भारतीय बैंक खाताको चेक बुक, २७ थान भारतीय एटिएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले हालसम्म २ अर्बभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेलाउने र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढी रकम अभौतिक मुद्राको कारोबार गरेको खुलेको छ।उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!