गरिब दुखीको सारथि बन्दै पारस हस्पिट, निशुल्क स्वास्थ्य शिविरबाट हजारौले लिए लाभ

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, कार्तिक १८, २०८०

४६४३  पटक हेरिएको

बिराटनगर। पारस हस्पिटल बिराटनगरले सुनसरीको हरिनगरा गाउँपालिका वडा न -२ भुटाहामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी व्यक्तिले लाभ लिएको अस्पताल प्रशाशनले जनाएको छ।

स्वास्थ्य शिविरमा वरिष्ट सर्जन डाक्टर सफ़िउर रहमान,महिला तथा प्रस्ती रोग बिशेषज्ञ डाक्टर कबिता यादव ,वरिष्ट बाल तथा नवजात शिशु रोग बिशेषज्ञ डाक्टर सितेंद्र यादव , वरिष्ट फिजिसियन डाक्टर मुनेश्वर साह ,हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर फैयाज अन्सारी लगायत डाक्टरहरुको सेवा निशुल्क रहेको थियो भने स्वास्थ्य शिविरमा आउने बिरामीलाई औषधि पनि निशुल्क वितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए।

स्वास्थ्य शिविरमा मुटुको ईसीजी सेवा , निशुल्क ओपिडी सेवा ,चिनी रोगको परिक्षण, थाईरेड फंसन टेस्ट लगायतको सेवा प्रदान गरिएको हो । शिविरमा सुनसरी जिल्ला लगायत छिमेकी मुलुक भारतको पनि केहि स्थानबाट मानिसहरु सहभागी भएका थिए भने करिब एक हजारभन्दा बढी मानिस हरुको सहभागिता रहेको हेम नारायण मेहताले बताए।

एक दिने निशुल्क स्वास्थ्य शिविरबाट छनोट भएका अधिकांश बिरामीहरुको हरेक प्रकारको अप्रेसनमा ५० प्रतिशत छुट दिने तथा गरिब र असहाय रहेका बिरामिहरुलाई निशुल्क नै सम्पूर्ण अप्रेसन र औसधि समेत प्रदान गर्ने अस्पतालका संचालक डाक्टर सफ़िउर रहमानले बताए।

हामीले सेवा भावका साथ् पारस हस्पिटलको स्थापना गरेका छौ अन्य अस्पताल भन्दा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौ र शुलभ दरमा बिरामीको उपचार गराई रहेका छौ। हाम्रो उदेश्य नै स्वास्थ्य समाजको परिकल्पना हो। एकदमै कम भन्दा कम आर्थिक लगानीमा सबै क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा दिने हाम्रो एक मात्र उदेश्य रहेको छ । डाक्टर रहमानले थप हामीले बिगतमा पनि कयौ बिरामीहरुको निशुल्क उपचार गरेका छौ र निरन्तर गरिरहने छौ जसको कोई छैन त्यसको सेवाको लागि उपचारको हामि सदैव अगाडी खडा रहने छौ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!