पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरको जरिवाना पत्र

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, चैत्र १६, २०८१

२८०५  पटक हेरिएको

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरको जरिवाना तिराउने निर्णय गरेको थियो। तर, पूर्वराजा शाहले उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्।

शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुने र कोटेश्वर क्षेत्रमा फोहोर गरेको तथा दमकल तोडफोड गरेको आरोपमा महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न महानगरपालिकाको टोली आइतबार बिहान जरिवाना पत्र बुुझाउन निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासको गेटबाटै महानगरको टोलीलाई फिर्ता पठाइएको थियो।

पूर्वराजा शाहले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरपालिकाले प्रक्रियागत रूपमा जरिवाना पत्र बुझाउने जनाएको छ। महानगरले हुलाकमार्फत पत्र पठाउने वा पत्रिकामा सूचना निकाल्ने विकल्पहरू प्रयोग गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!