थारु कल्याणकारिणी सभाद्धारा विविध कार्यक्रममो आयोजना

Logo
स्थानिय अवाज प्रकाशित आइतबार, कार्तिक १९, २०८०

१५६९  पटक हेरिएको

विराटनगर । थारु कल्याणकारिणी सभा द्धारा विराटनगर स्थित तिनपैनी चौकमा दिपावली तथा छठ पर्वको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम कात्तिक १८ गते युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यमा हुने भएको छ । कार्यक्रम बिहान ७ बजे बाट १६ वर्ष देखि ३० वर्ष भित्रका थारु समुदायका युवायुवतीहरुको ५ किलोमिटर सडद दौड प्रतियोगिता बाट सुरु हुने छ । दौड प्रतियोगीताको रुट तिनपैनी , पानीटेंकी , कंचनबारी , दुर्गा चौक हुदै पुर्ण तिनपैनीमा आएर टुङ्गिने छ ।

प्रथम स्थान प्राप्त गर्नेलाई रु ५००० , दोस्रोलाई ४००० र तेस्रो स्थान प्राप्त गर्नेलाई रु ३००० नगद पुरुस्कार सहित सम्मान पत्र र ट्रफीको व्यवस्था गरिएको समितीका सभापति विद्यानन्द माझीले जानकारी दिए । खेल प्रतियोगिताको लागी २०० जना युवायुवतीहरुको नाम दर्ता भईसकेको उनले बताए ।

कार्यक्रममा थारु समुदायबाट एईई र स्नातक तहमा उतिर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान वितरण गरिने भएको छ । सथै कार्यक्रममा मोरङ जिल्लाका थारु राष्ट्र सेवक बहालवाला र पुर्वकर्मचारी सहित बैंक बित्तिय संस्था , प्रध्यापक ,शिक्षक , ईन्जीनियर , डाक्टर , थारु समहित्यकार , लेखक , खेलाडी, व्यपारी सहित दिवंगत भएका अभियान्ताहरुलाई समेत सम्मा गरिने भएको माझीले जानकारी दिए ।

कार्यक्रममा दुई हजार व्यक्तीहरको उपस्थिती रहने अनुमान गरेका छन् ।कर्यक्रममा थाकस मोरङका पुर्व सभापतीहरुलाई सम्मान गरिनुको साथै बृहत खुल्ला रक्तदान समेत गर्न लागिएको माझीले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!