तिहार र छठ लक्षित समाग्री बजारमा

Logo
स्थानिय अवाज प्रकाशित आइतबार, कार्तिक १९, २०८०

१९६९  पटक हेरिएको

विराटनगर । तिहार र छठ पर्व नजिकिदै संगै विराटनगर बजारमा दियो , लाङ्लो , कोनिया , ढाकी जस्ता माटो र बास बाट बनेका सामानहरु पाउन थालिसकेको छ ।

तराईमा विषेश गरि मानिने तिहार र छठ पर्वमा निकै नै रमझम हुने गरेको र भव्यताका साथ तराई वासीले मनाउदै आईरहेका छन् ।
विराटनगर स्थित रहेको देव भाडा पसलमा पर्वलाई लक्षित गरेर सम्पुर्ण सामाग्रीहरु उपलब्ध भईसकेको छ । पसलमा विभिन्न आकारका माटोको प्याला , नाङ्लो , कोनिया , ढाकी, कुचो ,खरेटो , घैलाहरु राखिएको छ ।

पसलमा ग्राहकहरु किनमेलको लागी आउन थालिसेको र राम्रै बिक्री भईरहको व्यपारी देव नारायण साहले बताए । पसलका सामानहरु विराटनगरमा भन्दा पनि धेरै काठमाडौं जाने गरेको र राम्रो बिक्री हुने भएको उनले बताए । पसलका सम्पुर्ण बास बाट बनेका सामानहरु भोजपुर बाट आउने गरेको उनले जानकारी दिए तर यस पटक भने सम्पुर्ण समाग्रीहरुको मुल्य बृद्धी भएर आएको र त्यस कारण यहाँ पनि मुल्य बढ्को उनले जानकारी दिए ।

त्यसै गरी आर्को व्यपारी सिता देवि भन्छिन् , ‘तिहार र छठको लागि सम्पुर्ण सामान ल्याई सकेको तर अहिले भने तिहारको लागि मात्र भनेर ग्राहकहरु माटोका दियो बत्ती किनमेल गर्न धेरै आउने गरेका छन् । ’ तिहार लागि सक्दा छठ पर्वको लागि भनेर अन्य सामाग्रीहरु किनमेल गर्नेको भिड लाग्ने उनले जानकारी दिईन् । प्रत्येक वर्ष राम्रो बिक्रि वितरण हुने भएको र यस पटक पनि राम्रै हुने उनको अनुमान रहेको छ । सिता देविले सुपत मुल्यमा सामाग्रीहरु बिक्री गर्दै आईरहेको बताईन् ।

त्यसै गरि दियो किन्नको लागि आएकी ७५ वर्षिय माया कुमारी भण्डारी भन्छिन् , ‘तिहार अगाडी नै किन भेल गरेको राम्रो तिहार आइसक्दा निकै भिडभाड हुन्छ , किनमेल गर्न निकै कठिन हुन्छ सथै मुल्य विद्धी पनि हुन स्कछ त्यसैले मैले प्रत्येक वर्ष बेलैमा किनमेल गर्ने गरेको छु । ’
विराटनगर बटै दियो, कुचोहरु किन मेल गर्न आएकी महिमा यादव भन्छिन् ,‘अहिले नयाँ राम्रो सामानहरु आएको छ त्यसैले बेलैमा सामानहरु किनमेल गरे ढुक्क भएर बस्न पाईन्छ । ’

कमेन्ट गर्नुहोस्
error: Content is protected !!