
१५९१ पटक हेरिएको

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनल खेलमा ओमन सुपर ओभरमा विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ओमनले स्कोर बराबरी बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपरओभरमा ओमनले नेपाललाई २२ रनको टार्गेट दियो ।
ओमनविरुद्धको खेल जित्न नेपाललाई ६ बलमा २२ रनको खाँचो रहेको थियो । नेपालले १० रन मात्र बनाउँन सक्यो ।
आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।