नेपाल टेलिकमका लेखा अधिकृत बेपत्ता

Logo
स्थानिय अवाज प्रकाशित आइतबार, कार्तिक १९, २०८०

३२९२  पटक हेरिएको

विराटनगर । नेपाल टेलिकमका लेखा अधिकृत कार्यलय प्रमुख दिलिप सुवेदी ५१ दिन देखि बेपत्ता छन् ।

झापा स्थित सुरुङ्गा शाखाका ३१ व्षिर्य दिलिप सुवेदी २०८० भाद्र ३० गते शनिबारको दिन देखी बेपत्ता भएका छन् । विराटनगर पत्रकार सम्मेलनमा दिलिप का बुबा नेत्र प्रसाद सुवेदीले आफ्नो छोराको खाजी गरिदिन भन्दै गुहार गरेका छन् ।

६ वर्ष अगाडी नेपाल सरकारको सरकारी सेवामा प्रवेश गरेका विराटनगर ४ राजवंशी चोकका निवासी झापा जिल्ला कनकाइ नगरपालिका वडा न. ३ स्थित नेपाल टेलिकम सुरुङ्गा शाखामा लेखा अधिकृतको छैठौं तह निमित्त कार्यलय प्रमुख अधिकृतको रुपमा कार्यलय प्रमुखको रुपमा कार्यरत थिए ।

भद्र ३० गते शनिबार बिहान कार्यलयको गार्ड सहित चिया खान बाहिरको होटेल गएका थिए । त्यसपछि उनी कार्यलय प्रवेश गरि गेष्ट रुममा आराम गरिरहेका थिए । उनले आफ्नो श्रिमती ब्रजुना भट्टरार्ई संग भिडियोकलमा करिब २७ मिनेट कुरा कानी गरको त्यसपछि दिलिप बेपत्ता भएको उनको दाजुलक्ष्मी प्रसाद सुवेदी बताए ।

प्रहरीले यसको अनुसन्धान गरिरहेता पनी अहिले सम्म केहि खुलासा नभएको उनले बताए । आफ्नो भाईको सास वा लाख भए पनी सरकारले भाईको पत्ता लगाई दिन उनले पत्रकार सम्मेलद्धारा अनुरोध गरेका छन् ।

त्यसैगरि जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख उपरिक्षक दुर्गाराज रेग्मीले दिलिप सुवेदीको अनुसन्धान भईरहेको बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!